रोल्पामा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गठन

Gurkhas Online Tv
Gurkhas Online Tv८ पुष २०८०, आइतवार

सामुहिक तस्बिर

रोल्पा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रोल्पा गठन भएको छ । २० डिसेम्बर बुधवारका दिन रोल्पा जिल्लाको लिवाङ नगरपालिका वणा नं. ४ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रमबाट हित बहादुर रोका मगरको अध्यक्षतामा १५ सदस्यीय एम.एन.ओ. रोल्पा जिल्ला सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः अभिक्रान्त घर्ती मगर, तस वीर रोका मगर, आइत रोका मगर, गणेश बुढा मगर रहनुभएको छ भने सदस्यहरुमा हस्त पुन मगर, दुर्गा रोका मगर, भगिमत घर्ती मगर, सविन घर्ती मगर, दिल कुमार झाक्री, धन पूरा बुढा मगर, जोवन शरी झाक्री, शिर धती पुन मगर, जान पूरा बुढा मगर र सुविन्द्र बुढा मगर रहनुभएको छ । 

उक्त कार्यक्रम संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य शिव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रिय सदस्य वेद बहादुर थापा मगर रहनुभएको थियो । अतिथिहरु केन्द्रिय सदस्य अमर बुढा मगर, लुम्बिनी प्रान्तीय सभा अध्यक्ष कुलवीर घर्ती मगर, सदस्यहरु रिसन बहादुर घर्ती मगर र पर्तवीर सुनार रहनुभएको थियो । हित बहादुर रोका मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अभिक्रान्त घर्ती मगरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया