इलामको रोङ गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेशन।

Gurkhas Online Tv
Gurkhas Online Tv८ पुष २०८०, आइतवार

सामुहिक तस्बिर

सागर मंगोल,झापा/इलाम जिल्लाको रोङ गाउंपालिका वडा नं. ६ स्थित शुक्रवारे बजार, कुवापानीमा २३ डिसेम्बर शनिवारका दिन सम्पन्न एक कार्यक्रम बिच मंगोल नेशनल अर्गनाइजेशन रोङ गाउँसभा गठन भएको छ । सन्त लिम्बूको अध्यक्षतामा १५ सदस्यीय एम.एन.ओ. रोङ गाउँसभा गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः हस्त बहादुर राई, भावना राई, नवीन राई, ध्रुव राई रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा समीक्षा राई, मित्र पुमा राई, लाल बहादुर राई, खड्ग चाम्लिङ, रत्न बहादुर चाम्लिङ, खगेन्द्र राई, नरमाया राई, राजेन्द्र राई, मन बहादुर राई र पवित्रा राई रहनुभएको छ । 

 संगठनका मूल सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको विशिष्ट अतिथिमा संगठनका केन्द्रिय प्रचारप्रसार सचिव श्याम लिम्बू रहनुभएको थियो । अतिथिहरु कोशी प्रान्तीय सभाका अध्यक्ष सागर राई, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, सदस्य सिनारा मेचे, इलाम जिल्ला सदस्य बुल बहादुर गुरुङ, मेचिनगर नगर सभा अध्यक्ष किशोर धिमाल रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु बुल बहादुर गुरुङ, बानिरा मेचे, सागर राई, विशिष्ट अतिथी श्याम लिम्बूले शुभकामना मन्तव्री राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्तोष तामाङले मूलबासी मंगोलहरु आफ्नो अधिकार र अस्तित्व सुनिश्चित गर्नलाई एम.एन.ओ. मा आवद्ध हुनुको विकल्प नरहेको बताउँदै मुलुकको विकास र समृद्धिको निमित्त मंगोल नेशनल अर्गनाइजेशनले देशको राजनैतिक सत्ता सम्हाल्नै पर्ने अपरिहार्य रहेको बताउनुभयो । साथै उहाँले नवनिर्वाचित सभाका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै सफल कार्यकाल शुभकामना व्यक्त गर्नुभयो । स्थानीय लोक समुदायको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष सन्त लिम्बू रहनुभएको थियो भने हस्त बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम झापा जिल्ला सचिव सागर मंगोलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया