मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा स्याङ्जाको पुनर्गठन।

Gurkhas Online Tv
Gurkhas Online Tv८ पुष २०८०, आइतवार

स्याङ्जा/
       मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको आयोजनामा स्याङ्जा जिल्ला पुतली बजार नगर,वाँड्खोला मझुवा १ मा एकदिने मुलबासी मंगोल बिषयक प्रशिक्षण कार्यक्रम् सम्पन्न भएको छ।
                 कार्यक्रम गण्डकी प्रान्त सभाको अध्यक्ष प्रेम बहादुर थापा मगर ज्युको सभाध्यक्षता साथै केन्द्रीय सर्वोच्च सभाको सदस्य एवं निर्वाचन सभा सदस्य शिवराज गुरुङ्ग ज्युको प्रमुख आतिथ्य,मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाको सदस्य एवं प्रशिक्षण विभागको संयोजक प्रविना थापा मगर ज्युको विशेष आथित्य रहनु भएको थियो। अथितिहरुमा लुम्बिनी प्रान्त सभाको सहसचिव केबि गुरुङ्ग ज्यु, कास्की जिल्ला सभाको अध्यक्ष श्रीमान मगर समेत रहन भएको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथि शिवराज गुरुङ्ग ज्युले हिन्दु आर्य बाहुन क्षेत्रीहरुको DNA युरोपियन आर्यहरु संग मिल्ने गरेको र आर्य बाहुन क्षेत्री नारीहरुको DNA नेवालकै मंगोलहरु संग मिल्ने गरेको प्रमाण रहेको समेत बताउनु भएको थियो। साथै बिशेष अतिथी केन्द्रीय सर्वोच्च सभा एवं प्रशिक्षण विभागको संयोजक प्रविना थापा मगर ज्युले मंगोल नेशनल अर्गनाइजेशन स्थापना कालदेखि नै एमएनओ लाइ रोक्न छेक्न हिन्दु आर्य शासकहरुले बिभिन्न सड्यन्त्रहरु  सामदाम,दण्ड ,भेद निति लाग्ने गरेको बताउनु भएको थियो। एमएनओले हरेक लडाइहरु जित्दै आएको र अन्तिमपटक भेद निति लादेको तर मंसिर ११ गते मोरङको लेटाङमा भएको छैठौं राष्ट्रिय महाधिवेशनले सम्पुर्ण सडयन्त्रहरु परास्त गरिसकेको र मंगोल नेशनल अर्गनाइजेशन सरकार गठन गर्ने तयारीमा अब मंगोल नेशनल अर्गनाइजेशन रहेको बताउनु भएको थियो।
        कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको सदस्य जुन बहादुर थापा मगर ज्युले सम्पुर्ण अथिति र उपस्थित अहिन्दु मुलबासी मंगोलहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो भने तेज बहादुर मगर ज्युको संयोजकत्वमा ४१ जनाको  मंगोल नेशनल अर्गनाइजेशन स्याङ्जा जिल्ला तदर्थ सभा समेत गठन गर्नु भएको थियो ।साथै चापाकोट नगर सभा, वालिङ नगर सभा,भिरकोट नगर सभा र पुतली बजार नगर सभा गरेर ४ वटा नगर सभाको संयोजक समेत गरि वार्ड सभा संयोजक हरु समेत चयन भएको थियो। उक्त कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको सचिब नबिन घले मंगोलले संचालन गर्नु थियो।

प्रतिक्रिया