एम.एन.ओ. कैलाश गाउँपालिका-०९ वडा सभा गठन

Gurkhas Online Tv
Gurkhas Online Tv८ पुष २०८०, आइतवार

ऎतिहासिक तस्बिर

नवराज ब्लोन,मकवानपुर/एम.एन.ओ मकवानपुरको कैलाश गाउँपालिका वडा नं ९ सभा गठन सम्पननवराज ब्लोन, मकवानपुर
डिसेम्बर २३ शनिवारका दिन मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा मकवानपुरको आयोजनामा कर्ण बहादुर मोक्तान ज्युकाे सभाध्यक्षतामा र प्रमुख आतिथ्यता एम.एन.ओ केन्द्रीय सदस्य जीवन स्याङतान बिशिष्ट अतिथि केन्द्रीय सदस्य श्रीषा तामाङ्ग विशेष अतिथि केन्द्रीय सदस्य टेक तामाङ्गको आतिथ्यतामा गणेश स्याङतान को अध्यक्षतमा १४ जना सदस्य कैलाश गाउँपालिका वडा न. ९ गठन सम्पन्न भएको छ । 


मन्तव्यकाे क्रममा प्रमुख अतिथि स्याङतान  ज्युले देशमा घटिरहेको राजनीतिक घटना बारे ब्याख्या विश्लेषण गर्नुभयो । विशिष्ट अतिथि क्षृषा तामाङ्गले मुलुक परिवर्तनमा देशका नागरिक हरुकाे ठुलो हात हुन्छ भनेर बताउनुभयो । विशेष अतिथि टेक तामाङ्ग ज्युले मुलवासीमा एकता हुन जरुरी भएको बताए सँगै अन्य अतिथि ज्यूहरूले MNO मुलवासीकाे मुल घर भएको बताएका छन् । मकवानपर जिल्ला सभाका सदस्य ज्युले मंगाेल हरुमा एकता भएमा छिट्टै मंगाेलकाे विजय हुनेछ भनेर पनि बताउनु भयाे । 

नवगठित कैलाश गाउँपालिका-९ वडा सभाको अध्यक्षमा गणेश स्याङतान, सचिवमा बुद्ध राम रुम्बा, काेषाध्यक्षमा मिना थोकर, सह सचिवमा उजेली सुनार, प्रचारप्रसार सचिवमा धन माया घलान सदस्यहरु गोपाल तितुङ, घन बहादुर प्रजा, सञ्चा लाल घलान, सरिता थोकर, महेन्द्र ब्लोन, डोल्मा वाईवा, सुवास गोले, सानु माया बल, इन्द्र रुम्बा रहनुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य दिल ब. स्याङतान ज्यूले दिनुको थियोे भने सञ्चालन जिल्ला प्रचार प्रसार सचिव सुजन थिङले गर्नु भएको थियो ।

प्रतिक्रिया