मंगोल नेशनल अर्गनाइजेशनले लडाइ जितिसक्यो अब जनताबाट अनुमोदन हुन मात्र बाँकी - प्रेसिडेन्ट मेचे

Gurkhas Online Tv
Gurkhas Online Tv१७ पुष २०८०, मङ्गलवार

सम्बोधनका क्रममा प्रेसिडेन्ट मेचे

सागर मंगोल,झापा/मंगोल नेशनल अर्गनाइजेशनले लडाइ जितिसक्यो अब जनताबाट अनुमोदन हुन मात्र बाँकी - प्रेसिडेन्ट  मेचे

मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको आयोजनामा मेचिनगर-८ स्थित याक्थुङ चुम्लुङ भवनमा सम्पन्न भएको संगठनको ऐतिहासिक ३५औं स्थापना दिवसलाई कार्यक्रमका प्रमुख अतिथी बुद्धलाल मेचेले सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाइजेशनले लडाई जितिसकेको अब जनताबाट अनुमोदन हुन मात्र बाँकी रहेको बताउनुभएको छ । 

महामानव ड. गोपाल गुरुङले लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकारको आवाज उठाउँदा राजगद्दी ताक्यो र  मूलबासी मंगोलको आवाज उठाउँदा साम्प्रदायिकता फैलायो भन्ने राजद्रोही आरोपमा ३ वर्ष जीवन बिताउनु परेको र जेल परेको ४ महिना पछि १ जनवरी १९८९ मा मंगोल नेशनल अर्गनाइजेशनको स्थापना गर्नुभयो । जेलबाट बाहिरिए पछि गुरुङले ५ वर्ष भुमिगत जीवन, अनेकौं भुक्तमानहरु सहनुपर्यो । संगठन  स्थापना भएको १८ वर्ष पछि मात्रै निर्वाचन आयोगले मंगोल नेशनल अर्गनाइजेशनलाई दर्ता दियो । मंगोल नेशनल अर्गनाइजेशनले स्थापना काल देखी उठाएको माग र मुद्दा लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार देशको संविधानमा स्थापित भइसकेको छ । यसलाई संस्थागत गर्दै नयाँ नेवाल निर्माण गर्ने बाटोमा एम.एन.ओ. स्पष्ट भिजन सहित अगाडि बढेको कारण अब जनताहरुबाट अनुमोदन हुन मात्र बाँकी रहेको र त्यसको निमित्त सक्षम, दक्ष, संयमित र अनुशासित बनी सक्रियताका साथ अघि बढ्न सम्पूर्ण नेता कार्यकर्ता हरुलाई निर्देशित गर्नुभयो ।

  कार्यक्रममा विशिष्ट अतिथी केन्द्रिय सर्वोच्च सभाका सदस्य दिलिप धिमाल रहनुभएको थियो भने अतिथिहरु केन्द्रिय सदायहरु अनिता तामाङ, दिलवरी राई, प्रकाश हाङ्खिम, राजेन्द्र चेम्जोङ, बुधमाया फुरुम्बो, निलम राई, पुष्पा शेर्पा, शिखा लिम्बू, केन्द्रिय सल्लाहकारहरु तिल बहादुर लिङखिम, पदम नेम्बाङ, कोशी प्रान्तीय सभा सदस्य श्री प्रसाद लिङखिम, के.वि तामाङ, दिनेश राई, सम्झना राई रहनुभएको थियो । 


 दमक नगरसभा अध्यक्ष गजेन्द्र मादेन, भद्रपुर नगरसभा अध्यक्ष अर्जुन सुहाङ, बुद्धशान्ती गाउँसभा अध्यक्ष मोहनसिंह लिम्बू, मेचिनगर नगरसभा अध्यक्ष किशोर धिमाल लगायत कार्यक्रमका अतिथीहरु, विशिष्ट अतिथी धिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकै अवसर पारेर संगठनको ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशनमा आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई प्रमुख अतिथी प्रेसिडेन्ट मेचेको हातबाट कदर पत्र हस्तान्तरण गरिएको थियो भने नृत्य गायन प्रस्तुतीहरु संगै सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता झापा जिल्ला अध्यक्ष बानिरा मेचेले गरेकी थिइन् । जिल्ला सदस्य प्रेम लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने सचिव सागर मंगोलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया