मोरङ जिल्लामा मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक ३५औं स्थापना दिवस कार्यक्रम

Gurkhas Online Tv
Gurkhas Online Tv१७ पुष २०८०, मङ्गलवार

कार्यक्रमका क्रममा खिचिएको ऎतिहासिक तस्बिर

मोरङ / मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभा मोरङको आयोजनामा मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक ३५औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ।

 

०१ जनवरी २०२४ सोमबारको दिन एम.एन.ओ. जिल्ला सभा मोरङका अध्यक्ष धनराज लिम्बुको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय अनुशासन बिभाग सदस्य साथै सर्बोच्च सभाका सदस्य राज कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय निर्वाचन आयोग सचिव तथा केन्द्रिय सदस्य बिकेन बान्तावा विशिष्ट अतिथी हुनुहुनथ्यो भने अतिथिहरु के.स. साथै युग बोध अनलाइन टिभीका पत्रकार अर्जुन लोवा,के.स. गोल्छा राई, के.स. धनमाया राई,के.स.राज कुमार लावती,के.स. सकुनतला श्रेष्ठ,के.स.अनु मगर, कोशी प्रान्त कोष्अध्यक्ष सोम बल तामाङ,प्रा.स.लाल ब.मगर,प्रा.स.डम्बर तामाङ ,प्रा.स.आरती लिम्बु,प्रा.स.सर्मिला लिम्बु , उर्लाबारी नगर सभाका अध्यक्ष मोहन ब.राई, पथरी न.स.अ. पुनम राई, बेलबारी न.स.अ. भिम राई, मिक्लाजुङ गा.स.अ. सन्त घिसिङ तामाङ,सुनबर्सी न.स.अ. पदम तामाङ, लेटाङ न.स.अ. बिशाल चेम्जोङ, सुन्दर हरैचा न.स.अ. कृष्ण देब राई, कानेपोखरी गा.स.अ. सुरेन्द्र धिमाल हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा अतिथी, विशिष्ट अतिथी हरुले मन्तब्य राख्नुभएको थियो भने प्रमुख अतिथी राजकुमार गुरुङले मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक एजेन्डा र विचारधाराको विषयमा आफ्नो महत्त्वपूर्ण भनाई राख्नु भएको थियो । जिल्ला सभा मोरङका कोषअध्यक्ष रबिन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सभा मोरङका सचिव अबिनाश राईले सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया