लमजुङको दोर्दी गा.पा, शेराबजारमा एम.एन.ओ.को ३५औं स्थापना दिवस कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१७ पुष २०८०, मङ्गलवार

कार्यक्रमका क्रममा लिइएको ऎतिहासिक तस्बिर

लमजुङ/मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवस तथा  मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक दोर्दी गाउँ अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ ।
पौष १६ तदानुसार 1st Jan.,2024 का दिन 
मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका मुलसचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवस कार्यक्रम तथा  मंगोल नेशनल अर्गनाइजेशन प्रथम ऎतिहासिक दोर्दी गाउँ अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम लमजुङ जिल्ला अन्तर्गत दोर्दी गा. पा-०४ शेराबजारमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाको आयोजना र एम.एन.ओ दोर्दी गाउँ प्रथम ऎतिहासिक अधिवेशन मुल आयोजक सभाको सहआयोजनामा कार्यक्रम भव्य र सभ्यरूपमा सम्पन्न गरियो ।
विशिष्ट अथितिहरुमा क्रमश मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य सोम बहादुर गुरुङ , लाल कुमारी राना मगर र प्रविना थापा मगर हुनुहुन्थ्यो। अथितिहरुमा क्रमश: मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्यहरु भाष्कर चाम्लिङ,  देव थापा मगर , विकास गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्ला सभाका अध्यक्ष याम गुरुङ,  मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाका अध्यक्ष भिम बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशन लमजुङ जिल्ला सभाका अध्यक्ष आशिष गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन कास्की जिल्ला सभाका अध्यक्ष  श्रीमान थापा मगर ,  मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाका अध्यक्ष खर्क थापा, मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा हङकङका अध्यक्ष कुमार गुरुङ र  मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा यु.के.का सचिव मोहन गुरुङ हुनुहुन्थ्यो । 
कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथीहरु र उपस्थित सम्पूर्ण अथितीहरुले मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवसको शुभकामना सहितको सुभकामना मन्तव्य राखेका थिए।
31st Dec., 2023 को बन्दसत्रबाट वीर सुब्बा गुरुङको अध्यक्षतामा १६ सदस्यको मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ सभा गठन भएकोे थियो। क्रमश: सचीव राम बहादुर गुरुङ,कोषाध्यक्ष सुमित्रा गुरुङ , सदस्य सोम बहादुर गुरुङ , सदस्य पुर्ण बहादुर गुरुङ, सदस्य ललिता गुरुङ, सदस्य इशा गुरुङ, सदस्य सुन बहादुर गुरुङ, सदस्य सुधीर गुरुङ, सदस्य धनराज तामाङ, सदस्य भिम कुमारी गुरुङ, सदस्य राजु तामाङ र सदस्य शान्ति गुरुङ चयन हुनु भएको छ। 


कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाका कोषाध्यक्ष सुस्मा आलेले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालक मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्त सभाका सचिव नवीन घले हुनुहुन्थ्यो ।

प्रतिक्रिया