उदयपुरको बेलका नगरपालिकामा मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक ३५औं स्थापना दिवस कार्यक्रम

Gurkhas Online Tv
Gurkhas Online Tv१७ पुष २०८०, मङ्गलवार

ऎतिहासिक तस्बिर

उदयपुर/मंगोल नेशनल अर्गनाइजेशन बेलका नगर सभाको आयोजनामा मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक ३५औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। 

०१ जनवरी २०२४ सोमबारको दिन  एम.एन.ओ. बेलका नगर सभाका अध्यक्ष भक्त ब. लामाको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सदस्य लासिमहाङ लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रान्त सभा सचिव सान्ता राई, विशिष्ट अतिथी हुनुहुनथ्यो भने अतिथीहरु कोशी प्रान्त सदस्य तेज नारायण चौधरी,कोशी प्रान्त सभा सदस्य बेशर ब.मगर, उदयपुर जिल्ला सभा अध्यक्ष रेवत कु.आले,जिल्ला सभा सदस्य भिम पुलामी, जिल्ला सभा सदस्य हस्त ब. राई,जिल्ला सभा सदस्य सनमान खपाङि,प्रबास सभा मेघालयको सल्लाहकार मसिन ब. राई,उर्लाबारी नगर सभाको सह-सचिव साथै मंगोल भिजन राष्ट्रिय साप्ताहि पत्रीकाको रिपोर्टर बिश्व राई हुनुहुन्थ्यो । 
उक्त कार्यक्रममा अतिथी, विशिष्ट अतिथी हरुले मन्तब्य राख्नुभएको थियो भने प्रमुख अतिथी लासिमहाङ लिम्बुले मंगोल नेशनल अर्गनाइजेशनको राजनैतिक एजेन्डा र विचारधाराको विषयमा आफ्नो भनाई राख्नु भएको थियो । नगर सभा सचिव भिम घलानले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम उदयपुर जिल्ला सभा सदस्य हस्त ब.राईले सञ्चालन गर्नु भएको थियो।

प्रतिक्रिया