मंगोल नेशनल अर्गनाइजेशनको ३५ औं स्थापना दिवस कार्यक्रम तथा दोस्रो बाग्मती प्रान्तीय अधिवेशन घोषणा सभा कार्यक्रम भव्य रुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१७ पुष २०८०, मङ्गलवार

कार्यक्रमका क्रममा लिइएको तस्बिर

सालिक थापा मगर,काभ्रे/पौष १६ तदानुसार 1st Jan.,2024 का दिन मंगोल नेशनल अर्गनाइजेशन दोस्रो ऐतिहासिक बागमती प्रान्तीय अधिवेशन मूल आयोजक सभाका संयोजक सालिक थापा मगरको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय प्रवक्ता रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवस कार्यक्रम तथा मंगोल नेशनल अर्गनाइजेशन दोस्रो बागमती प्रान्तीय अधिवेशन घोषण सभा कार्यक्रम काभ्रे जिल्ला बनेपा उग्रेस्वर ग्राउन्डमा मंगोल नेशनल अर्गनाइजेशन दोस्रो ऐतिहासिक बागमती प्रान्तीय अधिवेशन मूल आयोजक सभाको आयोजनामा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएकाे हो।

विशिष्ट अतिथीहरुमा क्रमश मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य तथा निर्वाचन आयोग सभाको संयोजक गणेश चाम्लिङ हुनुहुन्थ्यो। अतिथिहरुमा क्रमश: मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सर्वोच्च सभाका सदस्य तथा अनुशासन सभाका संयोजक सुरज लिम्बू , चन्द्र प्रसाद राई , धनमाया तामाङ ,प्रेम माया तामाङ ,जित बहादुर बि.क (जोनि ),राजेन्द्र तामाङ ,कुमार तामाङ,टेक बहादुर तामाङ ,सन्तोष कुमार तामाङ ,प्रदिक्षा तामाङ,मिरा गुरुङ,यम कुमार श्रेष्ठ ,अन्य अतिथीहरुमा विभिन्न जिल्ला अध्यक्षहरु धर्मराज गुरुङ , दावा लामा ,उमा तामाङ ,तिलक तामाङ,दुर्गालाल तामाङ,भिम ब.घले,कर्ण ब. मोक्तान,कुल ब.तामाङ,बाबुलाल तामाङ,सोम ब.घलान हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथीहरु र उपस्थित सम्पूर्ण अथितीहरुले मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवसको सुभकामना मन्तव्य राख्नु भएका थिए।

30 Dec,2023 को बन्दसत्रबाट सालिक थापा मगरको अध्यक्षतामा ३१ सदस्ययी मंगोल नेशनल अर्गनाइजेशन दोस्रो बाग्मती प्रान्तीय सभा गठन भएको थियो। सचीव ,कोषाध्यक्ष, सह- सचिव , प्रचार प्रसार सचिव क्रमश : फैन्द्र गुरुङ,कबिन राना मगर , विकास तामाङ , नमराज ब्लोन, चयन हुनु भएको छ।

कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन दोस्रो बाग्मती प्रान्तीय सभाका सचिव फैन्द्र गुरुङले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालक मंगोल नेशनल अर्गनाइजेशन रसुवा जिल्ला सभाका अध्यक्ष बिनोद थिङ हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया