मंगोल नेशनल अर्गनाइजेशनको ३५ औं स्थापना दिवस तथा रूपन्देही जिल्ला विशेष अधिवेशन घोषण सभा कार्यक्रम भव्य रुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv१८ पुष २०८०, बुधवार

कार्यक्रमका क्रममा लिइएको ऎतिहासिक तस्बिर

रुपन्देही /पौष १६ तदानुसार 1 jan 2024 का दिन मंगोल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला सभा विशेष अधिवेशन मूल आयोजक सभाका संयोजक सृजना गुरुङको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च केन्द्रिय सभाका सह-सचिव सान मेचेको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवस तथा  मंगोल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला विशेष अधिवेशन घोषण सभा कार्यक्रम रूपन्देही जिल्ला अन्तर्गत देवदह न.पा. वार्ड न.-०७ शीतलनगर मगर भवनमा मंगोल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला विशेष अधिवेशन मूल आयोजक सभाको आयोजनामा कार्यक्रम भव्य र भव्य रुपमा सम्पन्न भएको छ।


विशिष्ट अथितिहरुमा क्रमश मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य देव माक्रेहाङ, शिब बहादुर  गुरुङ हुनुहुन्थ्यो। अतिथिहरुमा क्रमश मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य करण सिंह नेपाली, चन्द्र कुमारी गुरूङ,कर्ण गुरुङ, कृष्ण कुमारी घले, लुम्बिनी प्रदेश अध्यक्ष कुलबिर घर्ती मगर, कोषाध्यक्ष बिर बहादुर गुरुङ, सह - सचिव के बी गुरुङ  सदस्यहरुमा चन्द्र गुरुङ, राजकुमार परियार, टक गुरुङ, सूर्य गुरुङ, इन्द्र नेपाली , खगीसरा गोल , दिन माया गुरुङ , सुशील चौधरी , राम बहादुर घर्ती मगर, सल्लाहकार ज्ञान बहादुर गुरुङ, इन्द्र तामाङ , नवलपरासी जिल्ला संयोजक इन्द्र कुमार गुरुङ , कपिलवस्तु अध्यक्ष केसर सूर्यवंशी हुनुहुन्थ्यो । 
कार्यक्रममा प्रमुख अतिथि , विशिष्ट अतिथीहरु र उपस्थित सम्पूर्ण अथितीहरुले मंगोल नेशनल अर्गनाइजेशनको ३५औं स्थापना दिवसको सुभकामना सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो।
30 Dec 2023 को बन्दसत्रबाट सृजना गुरुङको अध्यक्षतामा २१ सदस्ययी मंगोल नेशनल अर्गनाइजेशन ज़िला सभा रूपन्देही गठन  भएको हो। क्रमशः सचीव ,कोषाध्यक्ष, सह- सचिव , प्रचार प्रसार सचिव क्रमश : डम्बर राना मगर,चूम पुन , खेम पुन , इन्द्र श्रेष्ठ ,सदस्यहरु - तार्जन गुरुङ , लिला गुरुङ, इमान सिंह गुरुङ, मंगलाल गुरुङ, मन्जु गुरुङ,  राजकुमार गुरुङ,भीम गुरुङ, मिन गुरुङ, रीता थारू , नेत्र गुरुंङ , रोशन रणपाल, ओमकाजी गुरुङ ,सल्लाहकारहरू प्रेम गुरुङ, ओम प्रसाद गुरुङ, पर बहादुर गुरुङ, प्रेम गुरुङ चयन हुनु भएको छ। 
कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला सभाका सह-सचिव खेम पुनले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालक मंगोल नेशनल अर्गनाइजेशन रूपन्देही जिल्ला सभाका सह- सचिव डम्बर राना मगर  हुनुहुन्थ्यो ।

प्रतिक्रिया