तिनले हामी,सर्वभरालाई सर्वहारा बनाएकै हुन् उल्टै हामीलाइ पो जनजाति बनजारा बनाएकै हुन्

Gurkhas Online Tv
Gurkhas Online Tv१८ असार २०७९, शनिवार

लेखक: प्रदिक्षा वाईबा तामाङ

तिनले हामी,सर्वभरालाई सर्वहारा बनाएकै हुन् 

उल्टै हामीलाइ पो जनजाति बनजारा बनाएकै हुन् 

 

इमानदार,क्षमतावान् मंगोललाई चेतनाबिहीन पारेर

मुखकै गाँस छाडेर तिनलाइ सर्वभरा बनाएकै हुन् 

 

कति मौका दियौं है,हामीले चुच्चे धोखेबाजहरुलाई

खै त?जंगल पस्ने बेला विभेद हट्ने,नारा बनाएकै हुन् 

 

अभावग्रस्त जीवन जिउन विवश बनायो दासी बनायो

जलजमिन ,अस्तित्व नै लुटेर तिनकै सारा बनाएकै हुन् 

 

झुठा छलछाम र भ्रमकै खेती गरी मंगोलहरु फुटाएर

आफ्नै पुर्खा र सन्तान भन्दा भगवान,प्यारा बनाएकै हुन् 

 

शरणको हरण गर्दै षड्यन्त्रकारी आर्यले जमिन राज गर्यो

हाम्रो धर्मात्मी पुर्खालाइ कहिल्यै नभेट्ने तारा बनाएकै हुन्

प्रतिक्रिया