मेरो परिकल्पनाभित्रको मेरो देश

Gurkhas Online Tv
Gurkhas Online Tv१९ असार २०७९, आइतवार

लेखक : धनमाया तामाङ

मेरो परिकल्पनाभित्रको मेरो देश 

मेराे कल्पनाकाे मेराे देश जहाँ जातकाे अाधारमा उचनिच काेही नहाेस्, पशुसरह मानिसहरुले बाँच्न नपराेस्, जातकै अाधारमा विभेद भाेग्न विपस् नहाेस्, सबै नागरिकहरु समानता मुलुक रुपले भातृत्व सहित स्वतन्त्र रुपमा बाँच्न सफल हाेस्, गाँस बास कपासकाे अभावमा कसैले जीवन बिताउन नपराेस्, शिक्षा, स्वास्थ जस्ता मानवका अाधारभुत तत्वहरु राज्यले हरेक नागरिककाे लागि व्यवस्था गरिएकाे हाेस्, कुनै नागरिकले सरकारी सेवा लिनुपर्दा कसैलाई घुस र भुस दिन नपराेस्, जसरी कर तिरिन्छ, त्यसैगरी पाउनुपर्ने सेवाहरु पनि प्रवाह हाेस्, त्यसैगरी कुनै पनि नागरिक बेराेजगार भई बस्न नपराेस्, कुनै नारी बलात्कारकाे सिकार हुन नपराेस्, सभ्य मानवकाे अाभास हरेकलाई अनुभूति हाेस्, नारी पुरुष बीचकाे विभेद नभई एक अर्कामा मान सम्मान कायम हाेस्, किसानलाई अावस्यक कृषि जन्य सामग्री सहज र सुलभ तारिकाले उपलब्ध हुनुका साथै बजारकाे निमित्त टाउकाे दुखाउन नपराेस्, व्यापारीले सहज रुपले व्यापार गर्ने वातावरण बनाउदै उपभोक्ता महङ्गीकाे मारमा कहिल्यै नपरुन्, हरेक नागरिक सक्षम र अात्मानिर्भर बन्दै अाफ्नाे खुट्टामा अाँफै उभिन सक्ने र देशकाे नेतृत्वले सक्षम अभिभावककाे भुमिका खेल्दै प्राकृतिक विपत्ति लगायत विभिन्न कृतिम विपत्तिहरुलाई सहज र सरल रुपले सामना गर्न सकियाेस् । मुलुकभित्र भएकाे प्राकृतिक स्राेत र साधनहरुकाे भरपुर सदुपयाेग भई प्रकृतिकाे धनी देश नेपालकाे रुपमा चिनाउन  सफल हाेस्, शान्ति र समृद्धशाली मुलुकका रुपमा चिनाउन हरेक नागरिकले राष्ट्रभक्ति भावना लिई याेगदान दिन सकियाेस्, हरेक नागरिक श्रमकाे निमित्त सिमापारी जान बाध्य नहाेस् । मानवअधिकारकाे दायरामा हरेक नागरिकहरु अाट्न सकियाेस्, नाम मात्रैकाे मानवअधिकार हाेईन, व्यवहारिक रुपमै मानवअधिकार मुलुकभित्र बसाेबास गर्ने नागरिकहरुले अनुभूति गर्न सकियाेस् । हरेक मानवहरु अस्तित्व सहित बाच्दै गलत सँस्कार र सस्कृतिलाई त्यागी सही र सुसज्जित सस्कारहरु अाँगल्न सकियाेस्, जसले सभ्य र सबल समाजसहित बुद्ध जन्मेकाे देशकाे रुपमा विश्वलाई नै शान्तिकाे सन्देश फैलाउन सकियाेस् । कालाेलाई कालाे र सेताेलाई सेताे भन्न सक्ने सचेत नागरिकहरुले हरेक गलत प्रवृतिहरुलाई प्रतिकार गरि खबरदारी गर्न सकियाेस्, जसले खराब र गलत कृयाकलाप तथा समाज, देश र जनताकाे हित विपरित साेच्न समेत नसकियाेस् । राजनितिलाई पेसा र व्यवसाय हाेईन, सेवाकाे रुपमा लिईयाेस्, यही र यस्तै परिकल्पनासहितकाे मुलुक निर्माणकाे निमित्त मंगाेल नेशनल अर्गनाइजेसनमा रही संघर्षकाे यात्रासहित वैचारिक क्रान्तिमा हाेमिरहेका छाै । जै मंगाेल ।

प्रतिक्रिया