पाँच शब्द -सन्जुहाङ लिम्बु

Gurkhas Online Tv
Gurkhas Online Tv२२ असार २०७९, बुधवार

लेखक :सन्जुहाङ लिम्बु

 पाँच शब्द 

कठै रितुहरुको बहावमा कतै,

बिलिन नै हुन लागीछौ ।

निर्जन यो समाजबिच असह्य भएर होला,

धर्ती छोडी आकाश छुनै लागीछौ ।

 

अहम्ताको घुम्टो ओढेर पो हो कि ?,

कुनै कुनैको नजरमा कसिंगर बनिछौ ।

 

उज्यालो अनि कुसुमाकर त्यो मुहारको, घमण्डले होला ।

सबैको बोलिने उखान, टुक्कामा बसिछौ ।

 

शिष्टाचारको परिमुर्ती कहलिन्थ्यौ,

फेरि आज किन आलोचनाको धुलमै, टाँसिन आँटिछौ ।

 

विलौना गर्न नपरोस् , कसैलाई गुहार्न नपरोस्

यस्तै यस्तै मानसिकताले पो !, स्वाहा भइ जान लागिछौं ।

प्रेम पुज्य यो नास्तिकको लागी, बिरहमै धुन बजाउन ठानिछौ ।

भनिराकै हो, नसुनेसी के गर्नु

आज हेर, जवानिको छमछममा पनि, ओइलाएर झर्नै लागिछौ ।

प्रतिक्रिया