बुद्धको कल्याणकारी उपदेश

Gurkhas Online Tv
Gurkhas Online Tv२८ असार २०७९, मङ्गलवार

स्रोत: तपस्सी धम्म भिक्षुको फेसबुक वाल

बुद्धको कल्याणकारी उपदेश

#उचित__अनुचित !!!

निरर्थक चर्चा अधर्म हो।
शील, समाधि र प्रज्ञा धर्म हो।प्राचीन काल बाट नै आत्मा-परमात्मा र विश्व को सृष्टि आरम्भ को निरर्थक चर्चा चलेर आई रहेको छ।

यस्तो उद्देश्यहीन चर्चा मानव समाज को लागि कल्याणकारी छैन, निरर्थक हो।

तथागत बुद्ध भगवान् को अनुसार प्राचीन भूतकाल (अतित कालमा) मा, प्रायः गुरू आचार्य हरुले आत्मा को बारेमा या स्वयं आफ्नै बारेमा कुनै प्रश्न उठाउँने गर्द थ्ये।

उनिहरुले सोध्ने गर्थे-

1) के म पहिल्यै (अतित मा) थिएँ ? 
2) के म पहिल्यै (अतित मा) थिईनँ ? 
3) यदि म पहिल्यै (अतित मा) थिएँ भने त्यस् समयमा म के थिएँ ? 
4) म केके भएँ , केके हुँदै आएँ ?
5) के म भविष्य मा पनि हुनेछु ?
6) के म भविष्यमा हुँने छैन ? 
7) यदि हुँने छुभने! त्यो बेला म के हुँने छु?
8) त्यो बेला म कस्तो हुन्छु ? 
9) म केके भएर , केके हुँनेछु ?

अथवा उनिहरु आफ्नो वर्तमान को विषय मा संदेहशील हुँद थ्ये - 

1) के म छु ? 
2) के म छैन ? 
3) अन्यथा म हो के ? 
4) म कस्तो हुँ ? 
5) यो प्राणी कहाँ बाट आयेको हो ?
6) यो पछि कुन् ठाउँ तिर जानेछ ?

कसैले विश्व को आरम्भ (सृष्टि) को विषय मा प्रश्न सोध्ने गर्थे-
विश्व लाई कस्ले सृष्टि (सृजना) गरेको हो ? के संसार अनन्त छ ? 
जुन् शरीर हो, त्यही जीव हो ? शरीर देखि अन्य (अरु) केही छ, जीव बाट अन्य (अरु) केही छ ?

यस्तो प्रश्न र यस् प्रकारको चर्चा निरर्थक हो। यस्ले प्राणी हरुको केही कल्याण हुने वाला छैन।

हिज आज को आधुनिक अथवा वैज्ञानिक युग मा पनि अधर्मी व्यक्ति हरुले, त्यस् निरर्थक प्रश्नहरु मा सिधा- साधा जनता लाई उल्झाएर राख्दछन् , र उनिहरु को शोषण गर्दछन्।
मनुष्य हरुको कल्याण को लागि, सुख अथवा शान्ति को लागि केवल, सदाचार को जीवन मात्र आवश्यकता छ।

अधर्मी र सम्मोहक ढोंगी भएका ठेकेदार हरुले समाज लाई काल्पनिक आत्मा र परमात्मा लाई खोजी गरेर प्राप्त गर्नको लागि लोभ्याएर, आफ्नो स्वार्थ को लागि आफूतर्फ जबर्जस्ती तान्निने गरी सम्मोहित बनाउँने गर्दछन्। वास्तवमा जुन छँदै छैन ! भला त्यस् को खोजी जारि रहेता पनि कहाँ बाट मिल्न सक्ला ? त्यसैले यस् प्रकारका अधर्मी ठेकेदार हरुले बारम्बार आफ्नै रचित, गोजी भित्रका तिरच्छान कथाहरु लाई काल्पनिक गरी कहानी हरु बनाएर, बारम्बार बद्ली गर्दै नविन रुपमा व्यक्ति हरु लाई सरल र रुची लाग्दो हुने गरी बेवकूफ बनाउँदै प्रदर्सन गर्ने गर्दछन् । त्यसैले सावधान सावधान सावधान हुन अतिनै आवश्यक जरुरी छ। 

मनुष्य को सुख को लागि शील, समाधि र प्रज्ञा नै उत्तम मार्ग हो !

प्रतिक्रिया