एम.एन.ओ.शुक्लागण्डकी नगर सभाका कोषाध्यक्षलाई पितृशोक

Gurkhas Online Tv
Gurkhas Online Tv३० असार २०७९, बिहिवार

तस्बिर: मृतकलाई संगठन झण्डा ओढाउनुहुँदै केन्द्रिय सदस्य प्रविना थापा मगर र तनहुँ जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगर

नगर कोषाध्यक्ष मगर पितृ शोकमा 

मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर सभाका कोषाध्यक्ष मधुकर  मगर पितृशोकमा हुनुहुन्छ ।
वि.सं.२००६, वैशाख ६ का दिनमा पिता भद्रवीर मगर र माता तारा माया मगरको कोखबाट म्यादे गा.पा.वडा - ६ तनहुँमा जन्मिनुहुने जित बहादुर मगर, मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका कोषाध्यक्ष मधुकर मगरका पिताको असार २९,वि.सं.२०७९को दिनमा असमायिक निधन भएकोमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँ , नगर सभा स- परिवार तथा सम्पूर्ण कार्यकर्ताहरु दु:खीरहनुभएको कुरा मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगरले बताउनु भयो।
उहाँको निधनले शोकाकुल परिवारलाई सहानुभूति तथा समवेदना प्रकटका लागि मंगोल नेशनल अर्गनाइजेसन शुक्लागण्डकी नगर सभाको आयोजनामा शुक्लागण्डकी न.पा.-६ , खैरेनीटार तनहुँस्थित नगर सभाको कोषाध्यक्ष मधुकर मगरकै निवासमा शोक सभा कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त शोक समारोहमा तनहुँ जिल्लाका केन्द्रदेखि विभिन्न  स्थानीय तहका नेता तथा कर्याकर्ताहरुको उपस्थिति थियो। मंगोल नेसनल अर्गनाइजेसन केन्द्रिय सदस्य प्रविना थापा मगरज्युले उहाँका शोकाकुल स- परिवारलाई धैर्य धारण गर्न शक्ति मिलोस् भन्दै मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया