'धैर्यता सफलताको एक प्रतीक'

Gurkhas Online Tv
Gurkhas Online Tv३२ असार २०७९, शनिवार

लेखक: लासिमहाङ लिम्बू

धैर्यता सफलताको एक प्रतीक

मंगोल नेशनल अर्गनाइजेशन नेपालका समस्त ८०% अहिन्दू मूलवासी मंगोलहरुको हकअधिकारको निम्ति १ जनवरी १९८९ मा भद्रगोल जेलभित्र जन्मिएको राजनितीक संगठन हो । एम.एन.ओ चिसो कठ्याङ्ग्रीने भद्रगोल जेलमा स्थापित हुनु न युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको रहर हो न त सपना । यो त समय र परिस्थितिको माग थियो भने प्राकृतिक शक्तिको स्वरुप  । यदि वहाँले चाहानु भएको भए नेपालको राजनितीमा हुण्डरि नै चलाईदिने पुस्तक अदेखा सचाइ लेख्ने कलमको वैचारिक क्रान्तिको सट्टा एम.एन.ओ. को झण्डामा उत्तानो परेको खुकुरी घोप्टो पार्नुहुँदै हतियार उठाउन सक्नु हुन्थ्यो । सशस्त्र क्रान्तिको बाटो रोज्न सक्नु हुन्थ्यो । कुनै आलिसान घरको कोठामा बसेर एम.एन.ओ स्थापना गर्न सक्नु हुन्थ्यो । तर वहाँको दर्शन वर्तमान भन्दा पनि भविष्यको निम्ति थियो । वहाँको दर्शनमा दुरदर्शिता थियो ।  नेपालको समस्त मूलवासी मंगोलहरुको अस्तित्व र हकअधिकारको निम्ति वहाँले भद्रगोल जेल र भुमिगत जीवन स्विकार्नु भयो । मीठो मसिनो, व्यक्तिगत स्वार्थ केही देख्नु भएन । आफ्नो शरिरलाई भन्दा धेरै माया चिन्ता समस्त अहिन्दू मूलवासी मंगोलको निम्ति लिनुभयो ।  जब युग पुरुष अमर ड.गोपाल गुरुङ नेपालम प्रवेश पछि सन 1952 मा इलामको कोलबुङमा एकजना अधिकारी बाहुन संग संगै बसेर खाना खान नदिई छुवाछूतको विभेद खेप्नु पर्यो त्यसपश्चात नेपाललाइ लागेको रोग पत्ता लगाउन वहाँलाई २५ वर्ष लाग्यो । सोच्नुस त २५ वर्षमा  एक व्यक्तिले के-के गर्न सक्छ ? अंकमा थोरै  लाग्न सक्छ तर व्यवहारमा २५ औं वसन्तमा मानिसले अनेकौं गर्न, बन्न सक्छ । तर वहाँले २५ वर्ष धर्यताका साथ नेपाललाई लागेको रोगलाई नियाल्नु भयो । कति ठक्कर खानु भयो तर नि धर्यताका साथ रोगलाई परिक्षण गरिराख्नु भयो र अन्ततोगत्वा  नेपालाई लागेको रोग पत्ता लगाएरै छाड्नु भयो । रोग मात्र पत्ता लगाउनु भएन रोगलाई जरैदेखि निर्मूल पार्ने औषधिको रुपमा मंगोलवाद दर्शन पनि जन्माउनु भयो । जसको कारण नै आज हामी कति हलुकाको साथमा नेपालमा  बाहुनवाद, हिन्दूवाद छ भन्ने गर्छौं । तर आजको जस्तो सजिलो र स्वतन्त्र परिस्थिति निर्माणको लागी युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले आफ्नो सम्पुर्ण जीवन नै आहुती दिनु भएको कुरा पनि हामीले भुल्नु हुँदैन । यस धर्तीमा सबैले जन्म लिन्छौं, आ-आफ्नो सपना बोकेर अघि बढ्छौं । धेरै सफल पनि बन्छौं तर ती सफलता प्रायः सबैको व्यक्तिगत नै हुन्छ । तर ती सबैभन्दा फरक र महान सोच बोकेर आफु र आफ्नोहरुको लागी भन्दा पनि सिंगो देश, लोक र भावि सन्ततिको निमित्त सोच्न र त्याग गर्न सक्ने व्यक्ती युग पुरुष अमर ड.गोपाल गुरुङ मात्रै पाउन सक्छौं । त्यसैले होला वहाँको नामको अगाडी युग पुरुष अमर नाम सारै शोभनीय लाग्छ । एकबारको मानिसको यो जीवनमा कसले आफ्नो जीवन नै आहुती दिन सक्ला त्यो पनि अरुको निम्ति ? केहि कुराका लागी आहुती दिन सक्ला तर  सिंगो जीवन नै आहुती दिने जो कोहिको हिम्मतको कुरा पनि होइन जुन युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले दिनुभयो । मैले वहाँको जीवनी र पुस्तकहरु अध्ययन गर्दा कहिल्यै पनि वहाँ माथी न्याय पाइन । वहाँको रोदन, पीडा व्यथा झलझली पाउँछु तर ती पीडा, रोदनहरुमा पनि हौसलाको सुगन्ध भेट्छु । वहाँको ती दुख कष्टले गतिलो पाठ सिक्दै  तिल जत्रो दुख, कष्टलाई  पहाड बनाउने व्यवहार परिवर्तन गर्न लम्किन्छु । यो २१औं शताब्दीको अन्त्य अन्त्यसम्म आइपुग्दा त हाम्रो मान्छेहरु यति वैगुणि, निष्ठुरी छन् । आफ्नो व्यक्तिगत स्वार्थको लागि अनेक गर्न पनि चुक्दैनन । अस्तित्व बेच्नु त झन सुतिसुती मासुभात खानु जतिकै सजिलो मान्छन भने त्यो समयमा कस्तो कष्टकर थियो होला जुनबेला  पञ्चे र भूत राजाहरुको बिगबिगीमा  ? अचम्मै पनि लाग्छ वहाँको साहस, हिम्मत र धर्यता अहिले सम्झिन्दा । जतिबेला हाम्रो मान्छेले म मंगोल हुँ, जै मंगोल भन्न त कता हो कता वहाँलाई देख्ने बित्तिकै बोल्नुपर्छ र वहाँको कुरा सुन्यो भने पञ्चेले दिएको भिख, दरवारले फेकिदिएको हड्डी खोसिन्छ भन्ने डर र लोभले पर-पर भाग्थे, वहाँको छाया सम्म पर्न नचाहने परिस्थिति देख्दा वहाँलाई कति चित्त दुख्थ्यो होला ? जसको निम्ति जेलनेल सहनु पर्यो, भुमिगत जीवन बिताउनु पर्यो जीवनभर दुख कष्ट गर्नु भयो उनिहरुनै वैगुणी बन्दा । आज संसार अणु, परमाणुको युगमा आइपुग्दा, प्रविधिको विकासले संसार साघुँरिदा त हाम्रो मान्छेहरु कति वैगुणी छन् । एम.एन.ओ. को नेता कार्यकर्ता संग संगत गर्यो भने जागीर पाइन्दैन, एम.एन.ओ.को सदस्यता लिए, घरमा एम.एन.ओ.को झण्डा गाडे बैंकले ॠण दिदैन भन्दै एम.एन.ओ.लाई जार जतिकै ठान्छन् भने एम.एन.ओ. र मंगोल दर्शन बचाएर भावी सन्ततिलाई हस्तान्तरण गर्न वहाँले कति धर्यताका बाध बाध्नु पर्यो होला ? सम्झिन्दा पनि उकुसमुकुस लाग्छ । वहाँको साहस, धर्यता, ईमानदारिता साच्चै नै महान छन् । जसको वर्णन गरेर कहिल्यै सकिन्न  । जति गरेपनि त्यो कमै लाग्छ । साधारण मानिसको अधिकतम सोच, विचार उदारतावादी भन्दा तल बदलाको भावनाले बढी ओतप्रोत हुन्छ । केही कुराहरूमा उदारता भएता पनि सिंगो  रुपमा त उदारतावादी हुन असम्भव नै हुन्छ । प्राकृतिक रुपले पाउने व्यक्ती मात्र पुर्ण उदारतावादी बन्न  सक्छ । जसको जन्म नै युगले जन्माएको हुन्छ । जसको जन्म उसको नितान्त व्यक्तिगत भन्दा युगको निम्ति त्याग, बलिदान  हुन्छ । युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको जीवनी सुक्ष्म नजरले नियाल्दा हामी यहीँ कुराहरु पाउन सक्छौं नि होइन र ? वहाँले नितान्त व्यक्तिगतको लागि सोच्नु र बाच्नु भएको भए माथी हेर्दा शिरको टोपी खस्ने गगन चुम्बी आलिशान घरमा जीवन बिताउन सक्नुहुन्थ्यो । बिहानको खाना युरोपमा बेलुकाको खाना अन्य बिकशित देशमा खान सक्नुहुन्थ्यो । छाक नै पिच्छे ८४ व्यञ्जन खान सक्नुहुन्थ्यो । मृत्युको अन्तिम ढुकढुकी आफ्नै घर परिवाको साथमा आफ्नै घरमा दुनियाको विज्ञ प्राइभेट डक्टरहरुको रेखदेखमा प्राण त्याग गर्न सक्नुहुन्थ्यो । आखिर किन ती सबै दुख, कष्ट एकबारको मानिसको जीवनमा ?? मैले माथी नै उल्लेख गरे साच्चै नै युगले जन्माएका व्यक्तिले मात्र ती सबै त्याग, बलिदान र धर्यता गर्न सक्छ । यी कुराहरु जोकोहीको हिम्मतको कुरा होइन । लाखौं, करोडौं चोटहरुमा पनि सहनशीलता र धर्यताको बाँध फुट्न नदिइ आफ्नो उद्धेश्यमा तल्लिन हुने हृदय कस्तो होला ? जसको निम्ति लड्नु भयो त्यहीँ समाजले वहाँको सत्यता बुझ्न सम्म चेष्टा नगर्दा ? एकताका वहाँको जीवनमा घटेको घटना स्मरण गर्छु, झापाको साविक पृथ्वीनगर हाल भद्रपुर नगरपालिकाको आम सभालाई सम्बोधन गर्न र कार्यलय उदघाटन गर्न 12:30 मा पुग्नुहुँदा तिनजना बाहुन क्षेत्रीको हनुमान जनजाती कमाराहरुको जमातले वहाँलाई अन्ट सन्ट प्रश्नहरु तेर्साएर " तपाईं जस्तोलाई त सिध्याई दिनु पर्छ "  भनी धम्की दिदा कुन हृदयले सहनु भयो होला जस्तो लाग्छ । धर्यताका साथ हाँसीहाँसी सम्झाई बुझाई गर्नु भो । त्यस्ता परिस्थिति सिर्जना हुँदा हामी त बदलाको भावनामा डुबुल्की मार्न थालिहाल्छौ ! कति महान अनि कञ्चन सोच, विचार होला वहाँको । जुन महान सोच अनि विचारकै कारण आज वहाँ मरेपछि पनि दिन दुइगुणा रात चार गुणा अमर बन्दै गइरहनु भएको छ । संसार सामु वहाँ कै दर्शन फैलिरहेको छ । आज ती हनुमान जनजातीहरु कहाँ षडिरहेका होलान् तर वहाँ त संसार सामु अमर बन्नु भएको छ । सायद इमान्दारीता, धर्यता र सहनशीलता भनेको यहीँ होला ! हाम्रो जस्तो हिन्दूवाद, बाहुनवादले झुत्रा-झुत्रा पारेको देश अनि समाजलाई चिर्न सोच्दा पनि सजिलो छैन । सोच्दा-सोच्दा पनि समस्याको समाधान भेट्न् सकिन्न भने व्यवहारिक रुपमा परिवर्तन गर्नु चानचुन मुटुले आट्न सक्दैन । त्यो हिम्मत र साहस अनि धर्यता ड.गोपाल गुरुङ जस्तै युग पुरुष अमर कै पोल्टोमा मात्र पर्न सक्छ । त्यसैले त संसारमा महामानवहरु हत्केलाको औंलामा गनिन्छन । शब्दले मात्र यस्तो हिम्मत र साहस गर्ने भए त यत्रो ठुल-ठूलो अंकहरुमा गनिन्थ्यो होला नि होइन र ? हाम्रो समाज कस्तो छ ? तपाईं हामीले पनि नियालौं त ! पाईला पाइलामा, शब्द-शब्दमा क्रान्ती गर्नुपर्ने देखिन्छ । यदि राजनितीक चेतना बिनाको नजरले हेर्दा त यहीँ समाज सहि लाग्छ, राम्रो लाग्छ । तर राजनितीक चेतनाको नजरले नियाल्दा हाम्रो समाज अनि समाज भित्रका संस्कारहरुमा हिन्दूवाद, बाहुनवादको बर्बरता पुर्ण स्वरूप देख्न सक्छौं । जुन कुरालाई जरैदेखि उन्मुलन गर्न मंगोलवाद दर्शनले मात्र गर्न सक्छ । जसको निम्ति नै हो वहाँले यतिका धेरै दुख, कष्ट अभावहरुमा पनि जेलनेल र भूमिगत जीवन सहेर धर्यताका साथ मंगोलवाद दर्शनलाई यहाँ सम्म सुरक्षीत  अवतरण गराईदिनु भएको । हाम्रो समाज र मंगोल संस्कारहरुमा यति धेरै हिन्दूवादको रोग लागेको थिएछ कि मान्छे जन्म लिनु अगाडी देखि मृत्यु पर्यन्त हिन्दूवादकै जालोमा व्यतीत हुने थिएछ । मान्छे भएर त के ? आफू स्वयम् भएर नि बाँच्न, मर्न पाउने थिएन छ । हाम्रो सोचाइको स्तरले पनि भ्याउन नसक्ने कति गहिराईमा पुगेर वहाँले मूलवासी मंगोलहरुको बारेमा सोच्नु भएर इमान्दार र धर्यताका साथ लड्नु भएको थिएछ । आफ्नो सम्पुर्ण जीवन नै आहुती दिनुभएर मंगोलवाद दर्शन यहाँ सम्म आउँदा त हाम्रो मान्छेले ती हिन्दूवादले ग्रसित संस्कार तोड्न सक्दैनन् भने हामीले नयाँ पुस्तालाई के हस्तान्तरण गर्ने ? हामीले पनि ती हिन्दूवादले ग्रसित कुसंस्कार तोड्न नसके मंगोलवाद दर्शनबारे मुखले मात्र वकालत गर्नु आवश्यक देख्दिन । वहाँ प्रती सम्मान ठान्दिन । वहाँको त्याग, बलिदान, इमान्दारीता र धर्यतालाई यदि हामीले बुझेका छौं भने व्यवहारमा उतार्न सक्नुपर्छ । अनि मात्र वहाँ प्रती सम्मान झल्किने छ । वहाँको सपना पनि वहाँको दर्शन बुझेर व्यवहारमा उतार्दै नयाँ पुस्ताहरुमा हस्तान्तरण हुनु हो जस्तो मलाइ लाग्छ । संसारका महामानवहरुको दर्शन दस्तावेजमा भन्दा बेसि व्यवहारमा हुन्छ ।  सूक्ष्म अँखाले नियालौं त मंगोल संस्कार कस्तो हुन्छ ?  युग पुरूष अमर ड.गोपाल गुरुङ ज्युको अन्त्येष्टिलाई । वहाँको दर्शन नबुझे पनि व्यवहारिक अभ्यास त बुझ्न सक्छौं नि ? कि अझै त्यहीँ हिन्दूवादले ग्रस्त चेतना विहिन समाजको डर अघि झुकिबस्ने ? यी कुराहरुमा हामीले गहिरिएर सोच्नै पर्नेहुन्छ ।  सन् 1972 देखीको वहाँको वैचारिक क्रान्ति, वहाँले देख्नु भएको नेपाल  बनाउन वहाँले 2008 सम्म 36 वर्ष त संगठन दर्ता पाउन धर्य गर्नु भयो । 36 वर्ष सम्म एक इन्च पनि धर्यताको बाध फुट्न नदिनु हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । नेपाललाई लागेको रोग निर्मूल पार्न लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियतालाई साकार बनाउन त झनै जिन्दगी नै दाउमा राखी धर्य गर्नुभयो । तर वैगुनी हाम्रो मान्छेहरु कति सजिलो MNO स्थापनाको ३२ वर्षमा नि जित्न नसकेको विश्लेषण गर्छन् । लाग्छ उनिहरुले भरपुर साथ र सहयोग दिए जस्तो ! सत्ता कब्जा मात्र MNO को उद्धेश्य होइन, MNO को लडाई क्षणिक होइन दीर्घकालीन हो । सिंगो व्यवस्थापन परिवर्तनको लडाइँ हो । युग परिवर्तनको लागी  हृदयमा मुक्तिको भावना बोकि अस्तित्वको लडाइँ लड्नेहरु निर्णायक लडाई लड्छन भन्ने उदाहरण त हामी भर्खरै विजयी बनेका अफ्गान तालिवानलाई हेर्दा पनि पाउन सक्छौं । अस्तित्वको लडाई लड्नेहरुको निम्ति गुमाउनु पर्ने कुरा बिलाई जाने जोबन बाहेक केही हुन्न भन्ने ३० वर्ष देखि निरन्तर १० वर्ष रुस र २० वर्ष साम्राज्यवादी अमेरिका संग लड्ने अफ्गान तालिवानले संसार सामु उदाहरण पेश गरिसकेका छन् भने अस्तित्वको निर्णायक लडाई लड्नेहरुलाइ प्रकृतिले पनि साथ दिन्छ भन्ने उदाहरण पनि तिनै अफ्गान तालिवानहरु हुन् । अफ्गानिस्ताको प्राकृतिक सम्पतिहरु यति धेरै छन् कि जसले अफ्गान तालिवानलाई अबको केहि वर्ष मै युरोपको दाजोमा विकसित बनाउन सक्छ । जुन प्राकृतिक सम्पतिले पनि अफ्गान तालिवानलाई नै पर्खिरहेको थियो आज पूरा भयो ।अब नेपालमा हामीले नि गर्नुपर्ने सबैभन्दा ठूलो इमान्दारीता र धर्यता हो ।  यतिबेला हामीले जोशमा होस गुमायौं भने मुखमा आइसकेको आहार गुमाउनु पर्नेहुन्छ । फेरि त्यसलाई मुखसम्म ल्याउन निक्कै ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । नेपालमा पनि प्राकृतिक सम्पती यतिधेरै छ कि जसको सदुपयोग गर्नमात्र सके नेपालले १० वर्ष मै मुहार फेर्न सक्छ । यो मेरो व्यक्तिगत विश्लेषण पनि हो । सन्  1495 मा नेपाल भित्रेका विदेशी हिन्दू आर्यको हस्तक्षेपले नेपालको प्राकृतिक सम्पति अझै ध्वस्त पार्न सकेका छैनन् । सायद प्रकृतिले पनि नेपालका मूलवासी मंगोलको जीत पर्खिरहेको छ । संसारमा हरेक कुराको समय र परिस्थिति हुन्छ । समय अनुकूल बिनाको केही काम पनि दिगो बन्दैन । यो त प्रकृतिको नियम नै हो । युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको भविष्य वाणि २१औं शताब्दी अहिन्दू मूलवासी मंगोल मुक्तिको शताब्दीको पुर्ण  स्वरुप आउन अझै बाँकी छ । अहिले चलिरहेको ग्लोबल पोलिटिक्सले त्यसको झझल्को दिदैछ । जसको पूरा स्वरुप आउने बित्तिकै त्यसको छालहरुले नेपाल पनि अछुतो रहन सक्दैन । र परिवर्तनका लहर आउनेछ,  त्यसैले मैले माथी अब हामीले इमान्दारीता साथ धर्यताको बाध टुटाउनु हुँदैन भनेको हुँ । आज MNO जुन स्थान सम्म आइपुगेको छ । बाहुन क्षेत्रीको अनेकौं षडयन्त्रहरुको जालो तोड्दै यहाँ सम्म जित बोकेर उभिन MNO ले इमान्दारीताका साथ धर्यता गरेको छ । धर्य गर्न नसक्नेहरु MNO बाट अलग्गिएर धुलो भइसकेका छन्  तर MNO नेपालमा अस्तित्वको निर्णायक लडाइँमा विजयको समिपमा उभिइरहेको छ । अब हामीले अलिकति मात्र धर्य गर्न सक्यौं भने मुक्तिको नयाँ बिहानी चाँडै उदाउनेछ ।

प्रतिक्रिया