कल्पनाकार
प्राण मेरा कविता भए तिमी कवि बन ।
निरुद्देश्य बग्दो यो जिन्दगीको ।
आजन्म तिमी घाट बन।
तिमी फुल बनिदेउ सधैं-सधैं ।
म बासना फैलाउने भमरा बनुला ।
झरेको पात
साच्चै जगतको रीत अनौठो ।
कसरी आज बन्धन चुड्यो?
दुई दिलको मधुर मिलनको
मन्जिल नपुगी प्रण छुट्यो ।
जान्छौ रे? जाउ सुखी बन ।
प्रीय, नित्य चैनमा रहु ।
स्मृति प्रतीक बनी अब।
स्पन्दन हृदयमा रोदन नल्याउ ।
अन्तिम भन्नू थियो
म तिमीलाई बिर्सने छुईन
गाठो सम्झनाको फुस्कन दिने छैन
वाक्य नफुट्ला मानीस जुट्ला ।
चक्षु अश्रुमा लतपती फुस्रो होला ।
कठ्याङग्रिदै गएपनी सम्झुला
मुक भाषामै तिमीलाई नै बोलाउला।
प्रदेशी सन्देश
लोचन नरसाउ नुनिलो आँसु पनि पुछ्न सक्तिन ।
मृदु मुस्कान नदेउ केही गर्न सक्तिन ।
कम्पन अधर नदेउ केही गर्न सक्तिन ।
मलाई नबोलाउ चाहेरै पनि आउन सक्तिन ।