जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेको शोक सभा बौद्ध स्तुपा परिसरमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv३ साउन २०७९, मङ्गलवार

तस्बिर : जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेको शोक सभा कार्यक्रम

श्रद्धाञ्जली कार्यक्रममा सहभागीता एवम् जन्मदिनको उपलक्ष्यमा बिस्कुट खाद्य वितरण

जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेको सन्म्झनामा अनौपचारिक शोक सभा सम्पन्न गरेको छ । जापानी सुचना केन्द्र नेपाल, बौद्धनाथ क्षेत्र विकास समिति, सामुदायिक सेवा केन्द्र तथा प्रहरी केन्द्र सेवा, महिला वातावरण समूह, छोरङान महिला समाजलगायत विभिन्न संघ संस्थाको सहकार्यमा काठमाडौंको बौद्ध स्तुपा परिसरमा मंगलबार बेलुका ५ बजेदेखि ६ बजेसम्म सो कार्यक्रम सञ्चालन गरिएको हो । 


उक्त कार्यक्रममा पुर्वमन्त्री कमल चापागाईं , पुर्व नेपालको लागि जापान राजदुत गणेश योन्जन,बौद्ध विकाश समितिका अध्यक्ष र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा र विशाल लोक सहभागितामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।त्यस्तै भिक्षु तपस्सिधम्म महास्थविरको शुभ जन्म दिनको उपलक्ष्यमा दु:खी गरिबहरुलाई बिस्कुट, फलफूलजस्ताखाद्य वितरण चाबहिल गनेस्थान मन्दिर परिसरमा सप्पन्न गरिएको जानकारी भिक्षु तपस्सिधम्मले दिनुभयो ।

प्रतिक्रिया