मनसित
गहन बोझ बोकी मनमा ।
लर्बर-लर्बर लर्खरिदै जगमा ।
झुटो मुस्कान छर्दै अधरमा ।
ए मन के खोजिरहेछस् भन?
आत्मक्रन्दन
खोलाको राग पन्छीको विलाप ।
लत्याई कि न हो विदेशिएं?
हिम शिखरले लोभ्याईरहेथ्यो ।
मादल,डम्फु भन्थ्यो फर्की आ ।
खेत लहलह नाची हावामा ।
भन्थ्यो मलाई कतै नजा ।
किन्तु आफुलाई निठुर बनाई
पाषण तुल्याई किन यहाँ ।
अन्तर पटले सोध्छ बारम्बार ।
बाबै तं किन यहाँ ?
अमृते घर फिर्छ
कान्छा भन्यो-बादुर बन्यो ।
कति सास्ती गन्यो ।
आशा मर्यो पैसा कमाउने ।
सुखले जिउने सपना सबै चकनाचुर बन्यो ।
सबै ऋण तिर्ने अब अमृते घर फिर्छ ।
एउटा क्रान्ति बोकेर ।
अब गाउँ पुग्दैछ जालीझेलीको शुल बनेर ।
म रोईरहुला,
तिमीले मलाई छले जस्तै ।
ईन्द्रेणीले संसार छल्छ ।
तिमीलाई मैले नजिक देखेर
नभेटे जस्तै
ईन्द्रेणी देखिन्छ तर भेटिन्न ।
सप्तरङ्गी ईन्द्रेणी राम्रो छ ।
तर राम्रो चीजले सधैं छल्छ ।
त्यसैले हिरा कोईलाखानीको छातीमा
मोती समुन्द्रको गर्भा लुक्छ ।