रुपन्देहीमा छैटौ स्मृति दिवस सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२८ जेठ २०७९, शनिवार

Devdaha-Municipality-Assembly

रुपन्देही /
       मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको दुई  ठाउँमा एम. एन.ओ. संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको छैटौ बार्षिक स्मृति दिवस देबदह नगरसभाको कार्यलय देबदह नगरपालिका वाड न. ६ अमर सिँह चोकमा र तिलोत्तमा वाड न. १० कान्छि बजारमा  कार्यक्रम सम्पन्न भएको छ ।

१० जुन २०२२ को दिन एम. एन.ओ. देबदह  नगर सभाको आयोजनामा देबदह नगररभाको अध्यक्ष सृजना गुरुङको सभाध्यक्षता र प्रमुख अतिथि एम.एन.ओ.केन्द्रिय सदस्य भिम बहादुर रानाज्युको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य साथै मंगोल भिजन रास्ट्रीय साप्ताहिक पत्रिकाका पश्चिम बजार ब्यवास्थापक शिब बहादुर गुरुङ ज्युको बिशिष्ठ आतिथ्यतामा  नगर सदस्य  इमान सिंह  गुरुङको स्वागत मन्तब्य र सह सचिब डम्बर रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जहाँ देबदह नगर  भित्र रहेका केन्द्र देखि वाड सम्मका नेता, कार्यकर्ता  तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा एम.एन.ओ .संस्थापक युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको  छैटौ बाषिक स्मृति दिवसकार्यक्रम  भव्यताको साथ सम्पन्न भएको हो ।

त्यस्तैगरी एम.एन.ओ.तिलोत्तमा नगर सभाको आयोजनामा नगर अध्यक्ष नेत्र बहादुर गुरुङको सभाध्यक्षता र एम.एन.ओ.लुम्बिनी प्रदेशसभाका सदस्य बीर बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा  कार्यक्रम तिलोत्तमा नगरमा पनि सम्पन्न भएको थियो । तिलोत्तमा नगरमा रहनुभएका, नगरपालिका तथा वार्डका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा नगर सह सचिब खेम पुन मगरको स्वागत् मन्तब्यमा र जिल्ला सदस्य खड्क मिलन मगरले कार्यक्रम सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया