मुलुकको भविष्यमा युवाहरुको भुमिका

Gurkhas Online Tv
Gurkhas Online Tv५ साउन २०७९, बिहिवार

लेखक : धनमाया तामाङ, के.स., एम.एन.ओ.

मुलुकको भविष्यमा युवाहरुको भुमिका

मुलुकलाई कस्ताे बनाउने भन्ने कुरा त्यस मुलुकका युवाहरु लगायत बुद्धिजीवी र बाैद्दिक सर्कलकाे नागरिकहरु एवम् राजनितिकर्मीहरुले निर्क्याैल गर्नुपर्ने हुन्छ । तर याे मुलुकमा विगत 526 वर्षदेखि आफ्नाे हैकाम जमाउँदै आर्यहरुले यहाँका मुलबासी मंगाेलहरु कज्याएर, दबाएर माथि उठ्नै नसक्ने अवस्थामा पुर्याएका कारण राजनिति भनेकाे फाेहाेरि खेल हाे, भनेर एक शिक्षित जमात राजनितिकाे शब्द र पनि सुन्न नचाहाने रहेकाे छ, भने अर्काे जमात राजनिति भनेकाे अरुलाई आफ्नाे शक्तिकाे प्रयाेग गरि ठग्ने, लुट्ने प्रविति हाे भन्ने बुझेर अर्काे शिक्षित भनाउँदाेहरुले बुझेकाे छ ।

जसमा कुखुरालाई चाराे फालेकाे चाराे टिप्दै मस्तले अरुकाे भर्याङ बन्न आफ्नै ढाड सेकाउन र टाउकाे समेत सुम्पिदिन्छन् । यसैकारणले मुलुककाे भविष्य अन्धाकारतिर धकेलिरहेकाे छन् । निकै दु:ख लाग्दाे कुरा त के छ भने जाे अरुकाे निमित्त सर्वस्व दिनेहरु आफ्नाे मुल घरमा आउन भने निकै डराउँछ अनि आफ्नै घरमाथि आराेप प्रत्याराेप लगाउँदै अनेकन शंका, उपशंका गर्छन् । विगतदेखि वर्तमानसम्मकाे राजनैतिक अवस्था र मुलुककाे अवस्थालाई नियाल्दा वर्तमानमा जुन घटना र परिघटनाहरु घटिरहेकाे छ, याे पुरै याेजनाबद्द रुपले मुलुकलाई अन्धकारतिर धकेल्न र मुलुकमा स्थापित लाेकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई सङ्कटमा पार्ने तत्वहरु सल्बालाईरहेकाे देखिन्छ । यसकाे समाधानकाे एकमात्रै विकल्प भनेकाे मंगाेल नेशनल अर्गनाइजेशन हाे । जसले समानता, स्वतन्त्रता र भातृत्वलाई अंगीकार गरेर मुलुकलाइ विभेदरहित समाजकाे परिकल्पना गरेर अगाडि बढिरहेकाे छ । एक्काईशाै शताब्दीकाे युवाहरुले मुलुक हाँक्ने उदेश्यसहित समाजमा जुन प्रविति रहेकाे छ, यसलाई हटाउन आफ्नाे क्षणिक सुख सयल र लाेभलालचलाई त्यागेर आफ्नाे व्यक्तिगत स्वार्थलाई थाती राख्दै मुलुक र भावी सन्तान र सन्ततीकाे भविष्य अनि मुलुककाे भविष्यलाई उज्ज्वल बनाउनकाे निमित्त त्याग र संघर्ष गर्ने समय आईसकेकाे छ । जसले मात्रै मुलुकलाई साँच्चिकै परिवर्तन गर्न सकिन्छ, र हरेक जनताले परिवर्तनको आभास गर्न सकिन्छ । त्यसकारणले मुलुकभित्र रहेकाे समस्यालाई समाधान गर्नकाे निमित्त आजकाे सचेत युवाहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्दछ । आफुमात्रै बनिने खेलमा तछाडमछाड गरेर बसिरहेकाे खण्डमा मुलुकमा भ्रष्टाचार, कालाेबजारी एवम् विकृति र विसंगतिहरु अझै माैलाउँदै जान्छन् जसकाे परिणाम दाेस्राे पुस्ताले खेप्नुपर्ने हुन्छ । साथै यदि हामीले समाज र राष्ट्रलाई सभ्य र परिस्कृत सँस्कार प्रदान गर्न सकेकाे खण्डमा जस्ताेसुकै समस्याहरुलाई पनि सजिलै परस्त सकिन्छ । त्यसैले पनि सभ्य अनि परिष्कृत राष्ट्रकाे निर्माणमा युवाहरुकाे भूमिका अतुलनीय मात्रामा रहेकाे छ । जै मंगाेल ।।

facebook sharing button

प्रतिक्रिया