एम.एन.ओ.का फाउण्डर प्रेसिडेन्ट ड.गोपाल गुरुङज्युको राष्ट्रवादी आवज

Dr.Gopal Gurung
Dr.Gopal Gurung६ साउन २०७९, शुक्रवार

लेखक : ड.गोपाल गुरुङ

एक गीत 

अन्जुलीमा उघाइ हेर के छ सन्देश छातीको 
हेर्ने आँखा बेग्लै भए नाता सम्झ रगतको......

फट्कारिएको ईच्छा
यो तन नेपाली, यो मन नेपाली ।
यसोसले प्राण नेपाली माटोमा निभोस् ।
आफ्नोत्व आफ्नोपनको निम्ति सधैं, यो देह बली चढ्न सकोस् ।
नेपाल-आखाको नानी, नेपाल-मुटुबीच रगत नली बन्न सकोस् विश्वको।

सिपाही प्रति
तं सिपाही होस्, देश रक्षक शत्रु भक्षक 
आफ्नो माटोको ढाल होस् ।
देश रिपुको काल होस् ।
राजनितिको महाजाल होस् ।
आमा रुवाउने शत्रु भगा ।
भाषा संस्कृती, देश जोगा ।
रणभुमीमा रगत बगाउन ।
वैज्ञानिक युगमा देश उठाउन ।
कालो पर्दा यहाँको फटाउन ।
नउठी हुन्न उठे कसैले छुन्न ।

प्रतिक्रिया