क्रन्दन झुप्रोको
पसिना चुहाई यो हाड मक्याइ यो झुप्रा खट्त छौँ ।
औषधी नपाई हे दीन भाई, चाडै नै मर्दछौँ ।
नगद पैसा नभएसम्म आश छैन कुनै थोक ।
छटपटाहटमा उम्कन्छ प्राण लागेर भोकको रोग ।
प्रश्न
गल्ली गल्ली चाहरी भिक्षा मागी
घर-घर छाक टारी ।
मर्न डराउने बाच्नै पर्ने ।
क्रुर व्यवहार सहनै पर्ने किन ?
अव्यक्त सन्देश
भोकले लखतरान दुर्बलताले हल्लन्
यो जिन्दगी के जिन्दगी जहाँ चाहना र इच्छाहरु त्यसै मरिरहेछन् ।
.........
गह्रौ गह्रौ गोला बारुदको वर्षा क्रुर क्रुर फौजको प्रवेश
शान्ति शान्तिको ठाउँमा द्वेष उफ्
मृत्यु गोली पड्केको मानिसको थुप्रोमा, कोपिला
फुल, वृद्ध निर्दोषहरुको हत्या नै हत्या उफ् ।