गोर्खाको दुई वटा स्थानहरुमा छैटौ स्मृति दिवस सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२८ जेठ २०७९, शनिवार

District-Assembly-Gorkha

गोरखा /
   मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखा र सहिद लखन गाउँ सभाको आयोजानामा गरी गोरखा जिल्लाका दुई  स्थानहरुमा मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट  युगपुरुष अमर ड.गोपाल गुरुङज्युको छैटौ वार्षिक स्मृति दिवस क्रमशः गोरखा बजारस्थित एम.एन.ओ.जिल्ला सभा गोरखाको कार्यालयमा  र सहिद लखन गाउँपालिका वडा न.-०६, डिहि गाउँ,ज्यामिस्वरामा  सभ्य र भव्यरुपमा कार्यक्रम सम्पन्न भएको छ ।

१० जुन, २०२२ को दिन एम.एन.ओ. गोरखा जिल्ला सभाको आयोजनामा जिल्ला सभाका सदस्य शेर बहादुर गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एम.एन.ओ. गोरखा नगर सभाका अध्यक्ष कृष्ण तामाङ अतिथी हुनुहुन्थ्यो । उक्त कार्यक्रमको संचालन जिल्ला सभा गोरखाका स-सचीव प्रेम बरामले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सभा गोरखाकै सदस्य प्रसाद गुरुङले  राख्नु भएको हो । 
त्यस्तैगरी एम.एन.ओ.सहिद लखन गाउँ  सभाको आयोजनामा गाउँ सभाका सचिव सुनु रानाको सभाध्यक्षता र एम.एन.ओ.गण्डकी  प्रदेश सभाका स-सचीव अनिता थापा मगरको  प्रमुख आतिथ्यतामा युगपुरुष अमर ड.गोपाल गुरुङज्युको छैटौ  वार्षिक स्मृति दिवस कार्यक्रम  सहिद लखन गाउँपालिकामा पनि सम्पन्न भएको हो। कार्यक्रमका विशिष्ट अतिथीमा जिल्ला सभा गोरखाका सदस्य मनकुमार थापा मगर हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा सहिद लखन गाउँ सभाका सल्लाहकार रुद्र बहादुर थापा मगर र एम.एन.ओ.का शुभचिन्तक डिल बहादुर गुरुङ हुनुहुन्थ्यो । विशिष्ट अतिथि थापाले मन्तव्यको क्रममा भन्नुभयोू ड.गोपाल गुरुङज्युले प्रतिपादन गर्नुभएको मंगोल दर्शन आत्मसात गरि राजनैतक चेतनशील भएनौ भने भावी सन्ततीको भविष्य हाम्रो भन्दा अन्धकार छ । यसकारण आसन्न चुनावहरुमा भालेमा मतदान गरौं ।
त्यसैगरी प्रमुख अतिथी मगरले युगपुरुष अमर ड.गोपाल गुरुङलाई एम.एन.ओ.का नेता तथा कार्यकर्ताले मात्रै हैन समस्त नेपालका मुलवासी मंगोलले श्रद्धा गर्नुपर्छ र उहाँ र उहाँको दर्शनलाई विश्वमा चिर परिचित गर्नुपर्छ नत्र भने हाम्रो पुर्खा विदेशी हिन्दु खस आर्यको दास भयो र हामी पनि कथित नीति नियममा बाधिएर दासी, हली भएका छौँ र हाम्रा भावी पिढी पनि दास हुनेछन् ।यसकारण अब आफ्नो मतको सदुपयोग गरौं र भोट बेच्नु भनेको आफ्नो सन्तान बेच्नु साथै आफू पशु भएर अस्तित्व गुमनाम गरेर हिनु आर्यको गुलाम हुनु हो भन्दै केही ऎतिहासिक तथ्यहरु लोकसमुदायको माझ प्रष्ट्याउनुभयो । 

यसरी सहिद लखन गाउँपालिकाका एम.एन.ओ.का शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा मिलन रानाले स्वागत मन्तव्य राख्नु भएर स्थानीय सुजन थापा मगरको संचालनमा कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको हो । 

प्रतिक्रिया