देशै भर एम.एन.ओ.का फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङको ८७ औं जन्मोत्सव कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv११ साउन २०७९, बुधवार

तस्बिर: एम.एन.ओ.जिल्ला सभा झापाको आयोजनामा भएको युगपुरुष अमर ड.गोपाल गुरुङको ८७ औं जन्मोत्सव कार्यक्रम

जुलाई २७, सन् १९३५ मा  भारतको दार्जिलिङमा जन्म लिनुभएका माता कुमारी गुरुङ ( एति माया) र बुबा तेज बहादुर गुरुङका जेठो छोरो युगपुरुष अमर ड.गोपाल गुरुङ, फाउणडर प्रेसिडेन्टको ८७ औं जन्मोत्सव देशैभर सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।
मुलवासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसन(एम.एन.ओ.)का नेता तथा कार्यकताहरु र एम.एन.ओ.का शुभचिन्तकहरु साथै लोकसमुदायहरुको उपस्थितिमा मंगोल नेशनल अर्गनाइजेसनका प्रान्तीय सभा, जिल्ला सभा, नगर तथा गाउँ सभाका आयोजनामा देशका विभिन्न जिल्लाहरु जस्तै झापा, ईलाम, मोरङ, काठमाडौं, सुनसरी, तनहुँ, गोरखा, लमजुङ,नुवाकोट, धादिङ,रुपन्देही ईत्यादिमा  युगले यो देशको आमूल परिवर्तन गर्न जन्माउनुभएको महामानव ड.गोपाल गुरुङ र उहाँका देनलाई सझना गर्दै सौहार्दपुर्ण वातावरणमा उहाँको जन्मोत्सव कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको हो ।

प्रतिक्रिया