एम.एन.ओ.ले एक अनुशासित र कर्तव्य निष्ठ मंगोल योद्धा गुमाउनुपर्यो ।

Gurkhas Online Tv
Gurkhas Online Tv१६ साउन २०७९, सोमवार

तस्बिर :मृतक कृष्ण योङ्हाङ लिम्बु

भावपुर्ण श्रद्धाञ्जली 

ईलाम/  एक अनुशासित कर्तव्यनिष्ठ,इमानदार,समाजसेवी र मिलनसार साथै एम.एन.ओ.को सिद्धान्त आत्मसात् गर्दै अग्र व्यक्तित्व,  इलाम जिल्ला फाकफोकथुम गा. पा.,वडा न.-७ निवासी कृष्ण योङहाङ्ग लिम्बूको असमायिक निधन भएको छ ।

उहाँ ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुकोअस्तित्व र अधिकार प्राप्तिको निमित्त विगत लामो समय देखि मगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भई सक्रिय रुपमा संगठनको गाउँ सभा देखि राजनिती सुरु गरेर ईलाम जिल्ला सभाका सहसचिवको पद ग्रहण गर्दै अघिल्लो कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी पुरा गरि पुनः सह-सचिव पद सम्हालिरहेका थिए ।केही दिन यता स्वास्थ्यमा समस्या भई उपचारका क्रममा बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गरेर घर फर्किने क्रममा अक्सिजनको कमि हुन गई अक्सिजन दिनका लागि जिल्ला अस्पताल इलाममा राखिएको अवस्थामा दिनाङ्क २०७९साल,साउन १६ गतेको बिहान १ बजेर ४२ मिनेटको समयमा भएको असामयिक निधनले सिंगो संगठन मर्माहत र स्तब्ध भएको जानकारी प्राप्त  हुन आएको हो । वहाँले  संगठनलाई पुर्याउनु भएको योगदान प्रति संगठन संधै कृतज्ञ रहने साथै उक्त योगदानको उच्च सम्मान गर्दै यस असामयिक निधनले घर परिवार आफन्त ईष्टमित्र साथै छरछिमेकमा पर्न गएको शोक प्रति शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस साथै मृतआत्मामा चिरशान्ती मिलोस भनी एम.एन.ओ.का नेताहरु तथा शुभचिन्तकहरुद्वारा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएका छन् ।

प्रतिक्रिया